बैशाख १३, सोलुखुम्बु । इलामको माई नगरपालिका– ४ सिंजालीटारका ४२ बर्षीय शान्तिराम दुलाललाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बैशाख १२ गते साँझ सामान्य बिवादका कारण दुलालले सोहि स्थानकी ५२ बर्षीय भुमिका चापागाँईलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाईते भएका उनको उपचारको क्रममा बि.एण्ड सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरेहको छ ।
Discussion about this post