Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बेनी हाइड्रोपावरको स्थानीय सेयर विवादले सोलुदुधकुण्डमा तनाव

Radio Everest by Radio Everest
March 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सञ्चालन भइरहेको बेनी हाइड्रोपावर लिमिटेडको स्थानीय सेयर निष्कासनलाई लिएर विभिन्न वडाका जनप्रतिनिधि र स्थानीयबीच विवाद चर्किएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रको वर्गीकरण गर्दा केही वडालाई मात्र “अति प्रभावित क्षेत्र” मा राखेको भन्दै अन्य वडाका जनप्रतिनिधिहरूले विरोध जनाएका छन्।

कम्पनीले आयोजना सञ्चालन भइरहेका वडा नम्बर २, ३ र ४ लाई “अति प्रभावित क्षेत्र” तथा वडा नम्बर ५, ६, ७ र ११ लाई “प्रभावित क्षेत्र” को सूचीमा राखेर स्थानीय सेयर वितरणको व्यवस्था गरेको छ। यस निर्णयप्रति वडा नम्बर ५, ६, ७ र ११ का जनप्रतिनिधिहरूले फरक मत राख्दै आन्दोलनका कार्यक्रम अगाडि बढाएपछि नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा ले आपसी वैमनस्यता बढाउने गतिविधि नगरी समन्वय, संवाद र सहकार्यको माध्यमबाट समस्या समाधानतर्फ अघि बढ्न सबै पक्षलाई आग्रह गर्नुभएको छ।

उहाँले आगामी दिनमा नगरक्षेत्र तथा सोलुखुम्बु जिल्लाभित्र सञ्चालनमा रहेका अन्य जलविद्युत आयोजनाहरूले स्थानीय सेयर निष्कासन प्रक्रिया अघि बढाउँदा प्रारम्भिक चरणदेखि नै नगरपालिकासँग समन्वय गर्नुपर्ने पनि बताउनुभयो। शुक्रबार वडा नम्बर ५, ६, ७ र ११ का जनप्रतिनिधि तथा स्थानीयले बेनी हाइड्रोपावर कार्यालयमा तालाबन्दी गरेका थिए। त्यसपछि वडा नम्बर २, ३ र ४ का जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा उक्त ताला तोडिएको थियो। त्यसैगरी शनिबार पनि विवाद थप चर्किएको छ। वडा नम्बर ५, ६, ७ र ११ का जनप्रतिनिधि र स्थानीयहरूले बेनी हाइड्रोपावरको लाइन स्विच अफ गरेका छन् भने वडा नम्बर २, ३ र ४ का जनप्रतिनिधि तथा स्थानीयहरूले मिड सोलुले प्रयोग गरेको पानी पुनः खोलामा फर्काएका छन्।

कम्पनीले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ। कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड बाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँको आईपीओ निष्कासनका लागि अनुमति प्राप्त गरेको हो। यसअनुसार १०० रुपैयाँ अंकित दरमा २० लाख ८० हजार कित्ता साधारण सेयर जारी गरिनेछ। कुल निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।

यसमध्ये वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दाका लागि ५ लाख २० हजार कित्ता (५० प्रतिशत), वडा नम्बर ५, ६, ७ र ११ का बासिन्दाका लागि ३ लाख १२ हजार कित्ता (३० प्रतिशत) र अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ८ हजार कित्ता (२० प्रतिशत) सेयर छुट्याइएको कम्पनीले जनाएको छ। तर वडा नम्बर ५, ६, ७ र ११ का जनप्रतिनिधिहरूले आफूहरू पनि आयोजनाबाट प्रत्यक्ष प्रभावित भएको दाबी गर्दै “अति प्रभावित क्षेत्र” को समान हैसियतमा राखेर सेयर वितरण गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले निर्णय सच्याइएन भने चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। कम्पनीले भने नियामक निकायको स्वीकृतिपछि तय गरिएको मापदण्डका आधारमा सेयर वितरण संरचना बनाइएको जनाएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूबीचको विवाद र बढ्दो असन्तुष्टिका कारण कम्पनीको आईपीओ निष्कासन प्रक्रिया प्रभावित हुन सक्ने देखिएको छ । अब कम्पनीले निर्णय पुनर्विचार गर्छ कि आन्दोलन अझ चर्किन्छ भन्ने विषयमा सोलुखुम्बुमा चासो बढेको छ।

Previous Post

यस्तो छ आजको मौसम

Next Post

ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly