भदौ २१, सोलुखुम्बु । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बाढीबाट प्रभावित थामे बस्ती पुर्ननिर्माणका लागि रक्षामन्त्री मानवीर राईको ध्यानाकर्षण गराउनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष शेर्पाले बिहिवार रक्षामन्त्री राईलाई मन्त्रालयमा पुगेर थामे बस्ती तत्काल पुर्ननिर्माणको लागि पहल गर्न ध्यानाकर्षण गराउनुभएको हो । टानका निवर्तमान अध्यक्ष निलहरी बास्तोलासहित गएको टोलीले रक्षामन्त्री राई सहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको धन्यवाद ज्ञापन गर्दै घरहरु पुर्ननिर्माण तथा स्थानान्तरणमा ढिलाई गर्दा अन्तराष्ट्रिय समुदायमा नेपालको पर्यटन क्षेत्रको सन्देश खराब जाने बताएका छन् ।
बाढीग्रस्त स्थलमै बस्ती बसाउन मिल्ने वा स्थानान्तरण गर्नुपर्ने हो निक्र्यौल गरी चाँडो काम अघि बढाउने व्यवस्था मिलाइदिन टानले आग्रह आग्रह गरेका छन् । जवाफमा रक्षामन्त्री राईले वर्षात सकिने वित्तिकै थामेमा बस्ती स्थानान्तरण तथा पुर्ननिर्माणको काम अघि बढाउने बताउनुभएको छ । त्यसका लागि सोही क्षेत्रमा बस्ती बसाउने वा स्थानान्तरण गर्नुपर्ने बारे विज्ञसतिको टोली खटाउने रक्षामन्त्री राईले बताउनुभयो ।
Discussion about this post