मंसिर १४, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाको पालिका सभापतीका लागी सहममती विनानै ना राख्दै प्रचार गरेको भन्दै काङ्ग्रेस नेता बस्नेतले आपत्ती जनाएका छन् । आफूले रास्वपाको कुनै सदस्यता समेत नलिएको अवस्थामा आफ्नो नाम दुरुपयोग गरि पालिका सभापती भनि प्रचार गरिएको भन्दै मेहरमान बस्नेतले आपत्ती जनाएका हुन । रास्वपाले आफ्नो संगठन विस्ता गर्ने क्रममा पार्टिको पालिका सभापती भन्ने आफ्नो नामको दुस्प्रचार गरेकोमा आपत्ती जनाउँदै उक्त प्रचार गलत भएको दावी बस्नेतले गरेका हुन । आफू काङ्ग्रेसको सदस्य रहेको र आफ्नो दल सोही रहेको भन्दै सामाजिक सञ्जालमा उनले आफू कार्यक्रममा समेत नगएको अवस्थामा आफ्नो नाममा अनर्गल प्रचार गरिनु रास्वपाको गैरराजनैतिक पक्ष भएको दावी गरेको छन् ।
Discussion about this post