मंसिर १४, सोलुखुम्बु । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बुले सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा इकाई समिति गठन सुरु गरेको छ । जिल्ला अध्यक्ष विभूषण राई सहितको संगठन विस्तार टोली माप्य पुगेर गाउँपालिकामा नेविसंघको संठन विस्तार सुरुवात गरेका जनाइएको हो ।
शुक्रबार माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर २ स्थित खाली मावि पुगेर ५१ सदस्यी समिति गठन गरिएको नेविसंघ साेलुखुम्बुले जनाएको छ । उक्त विद्यालयमा निरकुमार भुजेलको अध्यक्षतामा ५१ सदस्यीय इकाई समिति गठन गरिएको जिल्ला अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार खाली मावि इकाई समितिको उपाध्यक्षमा कैलास राई र प्रकृति भुजेल चयन भएका छन् । यस्तै सचिवमा प्रतीक्षा राई, सह–सचिवमा विशाल कार्की र अनिता मगर चयन भएको अध्यक्ष राईले बताउनुभयो ।
उहाँले संगठन विस्तारलाई तीव्रता दिँदै नेपाली काँङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ लोकतन्त्रलाई संस्थागत गर्न दृढतापूर्वक लागी परेको उल्लेख गर्नुभयो । गाउँपालिकाका सबै वडाका मावि तहका विद्यालयमा संगठन विस्तार गर्दै जाने अध्यक्ष नेविसंघको तयारी रहेको पनि राईले बताउनुभयो ।
Discussion about this post