जेठ १, साेलुखुम्बु । सोलुखुम्बुकाे थुलुङ दूधकोसी गाउँपालिका द्धारा सञ्चालित दूधकोशी अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको छ । केहि दिन अघि मात्रै ल्याब सेवामा थपगरेको अस्पतालले फेरी लगत्तै शल्यक्रियाका सेवा पनि सुरु गरेको हो । आज गाउँपालिकाका वडा नम्बर ७ कि ऋतुकला राईको शल्यक्रिया मार्फत प्रसूति गराउँदै अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
राईको अस्पतालका एमडिजिपी डाक्टर अजय चौधरी द्धारा शल्यक्रिया मार्फत प्रसूति गराइएको हो । उनलाई देउसा बर्थिङ सेन्टरबाट अन्यत्र लैजानका लागी रेफर गरिएकोमा दूधकोशी अस्पतालले सफल शल्यक्रिया गरेको थियो । जनताबाट सञ्चालित अस्पतालमा सेवा विस्तार हुँदै अहिले शल्यक्रिया, भिडियो एक्सरे, ल्याव सेवा, दाँत तथा आँखा उपचार सम्बन्धी लगायतका सेवा पालिका भित्रै पाएपछि नागरिकहरूले सामान्य उपचारका लागी पनि जिल्ला बाहिर लाखौ खर्च गरेर धाउनुपर्ने अवस्थाबाट मुक्ति पाएको प्रवक्ता कार्कीले बताउनुभयो । अस्पतालमा एमडिजिपी तथा एमविविएस सहितका डाक्टरहरूको टोलीले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकाले पनि उपचारका लागी फाप्लु वा मिसन धाउनु नपर्ने उहाँको भनाई छ ।
Discussion about this post