जेठ १, साेलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ का भीषण गिरि काठमाण्डौ सुकेधारामा मृत फेला परेका छन । काठमाडौं महानगरपालिका–४ सुकेधारामा उनि मंगलबार विहान मृत भेटिएका हुन । मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । उनको मृत्युको कारण खुलिसकेको छैन । घटनास्थल मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
ताप्लीमा लाखे नाच तथा बाजा प्रशिक्षण
बैशाख ५, सोलखुुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा लाखे नाच तथा बाजा सम्बन्धि तालिम सुरु भएको छ । नेवारी समूदायको परम्परागत...
Discussion about this post