जेठ १, साेलुखुम्बु । खोटाङमा जारी प्रथम वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा साङ्गीतिक महोत्सवको पहिलो विधा हाफ म्याराथन सोमबार सम्पन्न भएको छ । सोमबार माटिकोरे खेल मैदानबाट सुरु भएको दौड प्रतियोगिताका खुल्ला तथा उमेर समूह अन्तर्गतका दौड सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न उमेर समुहका धावकहरूले प्रतिष्पर्धा गरेका छन । आयोजित हाफ म्याराथन २१ किलोमिटर पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका धावक गजेन्द्र राईले निर्धारित दूरी १ घण्टा नौ मिनेट ४८ सेकेन्डमा पार गर्दै प्रथम स्थान ओगट्न सफल भएका छन ।
यस्तै खुल्ला महिला तर्फ निर्धारित दूरी नेपाल पुलिस क्लबकी राममाया बुढाले १ घण्टा २८ मिनेट ४६ सेकेन्डमा पार गर्दै प्रथम भएकी छन । यस्तै पुरुष तर्फ द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमश त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ, धावक सुशील कुमार साही र राजेन्द्र तामाङले ओगट्न सफल भएका छन भने महिला तर्फको द्वितीय, तृतीय र सान्त्वना स्थान पूर्ण लक्ष्मी न्यौपाने, दिपा बस्नेत र रुस्मा राईले हात पारेका छन् । यता उमेर समुह अन्तर्गतका दौड प्रतियोगिताहरूमा १२ वर्ष मुनिको एक माइल दौड अन्तर्गतका छात्रछात्राहरूको प्रतियोगितामा प्रथम आयुश श्रेष्ठ र करिना राई, द्वितीय रिवल राई र अनिसा राई र तृतीय पुरस्कार रिलन नेपाली र अस्मिता श्रेष्ठले जितेका छन ।
यस्तै ६० वर्ष माथिको पुरुष र आमा समुहको १ माइल दौड प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः पुष्पलाल श्रेष्ठ र सम्झना भट्टराई, बुद्धवीर लामा र एलिना राई, भुपेन्द्र राज राउत र निर्मला राईले जितेका छन । यस्तै १२ देखी १४ वर्ष मुनिको छात्रछात्रा ५ किमि दौड प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः भूमिराज राई र विनिता राई, सुमन बस्नेत र जुही राई, दावा तामाङ र रेवती राईले हात पारेका छन ।
त्यस्तै ५१ वर्ष माथिको खुल्ला महिला तथा पुरुष १० किमि दौड प्रतियोगिता तर्फ प्रथम द्वितीय र तृतीय स्थान क्रमशः टङ्क बहादुर कार्की र बबिता राई, भुपेन्द्र सुनार र सुजना राई, देउराज बस्नेत र सन्जिला राईले जितेका छन । ३५ वर्ष भन्दा माथिको विभिन्न बर्गको ७ किमि दोडको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः धर्मराज महर्जन, शिव प्रसाद राई र नवराज कार्कीले हासिल गरेका छन । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा सञ्चालित हाफ म्याराथनको उपाधि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गर्नुभएको थियो । जिल्लामा स्पोर्ट्स कल्चरका साथै पर्यटनको विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने र जिल्लालाई चिनाउने हेतुले आयोजना गरिएको महोत्सव आगामी जेठ १० गते सम्म चल्ने छ ।
Discussion about this post