बैशाख ३१, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर २ स्थित भुवा खोलाको ह्युमपाइप बाढीले बगाएको छ । गएराती परेको अविरल वर्षातका कारण गाउँपालिकाको वडा नम्बर २ स्थित भुवा खोलामा लगाइएको ह्युम पाइप बाढीले बगाइदिएको हो । ह्युम पाइप बाढीले बगाएपछि वडा नम्बर २ सहित गाउँपालिकाका ४ वटा वडाको यातायात सेवा अवरुद्ध भएको थियो । वडा नम्बर २, ३, ४ र ५ नम्बर वडालाई जोडने उक्त खोलामा राखिएको ह्युम पाइप बाढी ले बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो ।
केही समयपछि उक्त स्थानमा जेसिविको मद्दतबाट सम्याइएर बाटो खुलाइएको भएपनि वर्षातका कारण पटक पटक अवरुद्ध हुँदै आएको संवाददाता उद्धव कुलुङले बताउनुभयो । भुवा खोलामा पुल नहुँदा वर्षायाममा यि वडाका नागरिकलाई सास्ती हुने गरेको छ । समस्या समाधानका लागी भुवा खोलामा बेलीब्रीज बनाउन सुरु गरिएको छ ।
तर तत्काल काम सम्पन्न भइनसकेकोले अझै केही समय भुवा खोलामा वर्षातकाे बेला बाटो अवरुद्ध हुने देखिएको स्थानीय नागरिकलाई उदृत गर्दै संवाददाता कुलुङले जानकारी दिनुभयो । भुवा खोलाको ह्युमपाइप बाढीले बगाएपछि महाकुलुङ बाट संघीय राजधानी काठमाण्डौमा, जिल्ला सदरमुकाम सल्लेरी तथा महाकुलुङ गाउँपालिकाको केन्द्र बुङका लागी छुट्ने सवारी साधन विचमै अलपत्र पर्ने गरेका छन ।
Discussion about this post