बैशाख ३१, साेलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ६३ लाख २० हजार बढी आन्तरिक आय भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को ९ महिनामा गाउँपालिकाको विभिन्न क्षेत्रबाट ६३ लाख २० हजार बढी आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउनुभयो ।
गाउँपालिकामा रहेका ७ वटा वडाबाट भूमिकर, सिफारिस तथा अन्य विविध क्षेत्रबाट १३ लाख २० हजार रुपैयाँ आन्तरिक आय संकलन भएको उहाँको भनाई छ । यस्तै गाउँपालिकाले आन्तरिक आय वृद्धि र विकास निर्माणमा सहजिकरणका लागी यन्त्र उपकरण खरिद गरि सञ्चालन गरिरहेकोले यान्त्रिक आय समेत हुँदै आएको छ ।
अधिकृत थापाका अनुसार गाउँपालिका सँग भएको स्काभेटर मेसिन, जेसिवि र ट्याक्टरबाट हाल सम्म ५० लाख बढी आय भएको अनुमान छ । गाउँपालिकासँग यथेष्ट आन्तरिक श्रोत नभएपनि भूमिका, सिफारिस, दर्ता नवीकरण, घर बहाल कर, परीक्षा आवेदन दस्तुर लगायत यान्त्रिक उपकरणबाट आम्दानी हुने गरेको छ ।
Discussion about this post