फागुन २२, सोलुखुम्बु । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जीतको शुरूवात गरेको छ । अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना)ले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याउनु भएको छ ।
राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३ सय ४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४ सय २६ मत ल्याउनुभयो ।










Discussion about this post