फागुन २६, सोलुखुम्बु । उज्यालो नेपाल पार्टी सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाले आफ्नो चुनाव खर्च विवरण सार्वजनिक गर्नुभएको छ । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरणअनुसार शेर्पाले चुनाव अभियानका क्रममा कूल २ लाख ८० हजार मात्र खर्च भएको उल्लेख छ । पेश गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ ।
उहाँले चुनाव प्रचार प्रशारका क्रममा गाडी भाडामा १ लाख ५० हजार, मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्च ३५ हजार, वडा स्तरीय प्रचार कार्यक्रममा ४० हजार, क्षेत्रिय निर्वाचन कार्यक्रम संचालनमा १० हजार, प्रचारप्रसार सामग्री छपाईमा १५ हजार, ब्यानर तथा स्टीकर सामाग्री शिर्षकका लागि २० हजार र मनोनयन दर्ताका लागि १० हजार रुपौयाँ खर्च गरिएको उल्लेख छ । खर्च विवरण शेर्पाले हस्ताक्षर गरी मंगलबार जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुभएको हो ।










Discussion about this post