Tuesday, March 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

Radio Everest by Radio Everest
March 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २६, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गरिएको बजार अनुगमनपछि स्थानीय व्यापारीलाई खाद्य सुरक्षा र उपभोक्ता अधिकारप्रति सचेत गराइएको छ। बजारमा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्री भइरहेको गुनासो बढेपछि प्रशासनले संयुक्त अनुगमन सञ्चालन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयदेखि नयाँ बजार क्षेत्रसम्मका पसलमा अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा १९ वटा पसल जाँच गर्दा करिब १९ हजार ४ सय ३० रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरी जफत गरिएको प्रशासनले जनाएको छ। बरामद गरिएका सामग्रीमध्ये सबैभन्दा धेरै विभिन्न पेय पदार्थ र जुस रहेको पाइएको छ। साथै, दुई वटा मासु पसलको अनुगमन गर्दा एक पसलमा बिग्रिएको माछा फेला परेपछि तत्काल जफत गरिएको थियो।

अन्य केही पसलमा म्याद सकिएका चकलेट तथा विभिन्न खुद्रा खाद्य सामग्री बिक्रीका लागि राखिएको भेटिएको छ। अनुगमनका क्रममा कतिपय पसलमा मूल्यसूची नराखिएको र व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको पनि भेटिएपछि प्रशासनले तत्काल सुधार गर्न निर्देशन दिएको छ। यद्यपि व्यापारीहरूले हिमाली जिल्ला भएकाले ढुवानीमा ढिलाइ हुने र कहिलेकाहीँ म्याद नजिक पुगेका सामान बजारमा आइपुग्ने समस्या रहेको बताएका छन्। एक व्यापारीका अनुसार केही दिनअघि मात्रै ल्याइएको चकलेटको म्याद एक महिना अगाडि नै सकिएको पाइएपछि समस्या भएको हो।

सहायक प्रजिअ सुवेदीले व्यापारीलाई सामान खरिद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति अनिवार्य जाँच गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नगर्न चेतावनी दिएका छन्। आवश्यकता अनुसार आगामी दिनमा पनि बजार अनुगमनलाई थप कडाइका साथ निरन्तरता दिइने उहाँको भनाइ छ। अनुगमन टोलीमा प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Previous Post

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

Next Post

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

Related Posts

सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

March 10, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

March 9, 2026
0
Next Post
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

March 10, 2026
उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

March 10, 2026
सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

March 10, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

March 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

March 10, 2026
उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

March 10, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly