Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

Radio Everest by Radio Everest
March 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आगलागीका सम्भावित घटनाबाट बच्न र जोखिम न्यूनीकरण गर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। सुक्खा मौसम र हावाहुरी सुरु भएसँगै आगलागी हुने सम्भावना बढेको भन्दै प्रशासनले विभिन्न सावधानी अपनाउन सार्वजनिक सन्देश जारी गरेको हो। प्रशासनले खाना पकाइसकेपछि ग्यास चुल्हो, स्टोभ वा आगो पूर्ण रूपमा निभाउन तथा ग्यास सिलिन्डरको रेगुलेटर राम्ररी बन्द गर्न अनुरोध गरेको छ।

त्यसैगरी चुरोट, बिडी जस्ता धुम्रपानजन्य वस्तु स्वास्थ्यका लागि हानिकारक मात्र नभई आगलागीको प्रमुख कारण बन्ने भएकाले सकेसम्म प्रयोग नगर्न र प्रयोग गरेपछि आगो राम्रोसँग निभाएर मात्र फाल्न आग्रह गरिएको छ। त्यस्तै, घरमा प्रयोग हुने बिजुलीका तार, स्विच, प्लग तथा वायरिङ नियमित जाँच गर्न र बिग्रिएको अवस्थामा तुरुन्त मर्मत गर्न पनि प्रशासनले सुझाएको छ।

मल्टिप्लग, पानी तताउने जग, टेलिभिजन, पंखा तथा अन्य विद्युतीय उपकरण प्रयोग सकेपछि बन्द गर्नुपर्नेमा पनि जोड दिइएको छ। सलाई, लाइटर, राँको तथा टुकीबत्ती बालबालिकाले सजिलै भेट्ने स्थानमा नराख्न र घरमा रहेका प्रज्ज्वलनशील पदार्थ जस्तै मट्टितेल, पेट्रोल र डिजेल सुरक्षित स्थानमा राख्न पनि प्रशासनले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी  लिला कुमारी के.सी. पाण्डेका अनुसार खेतबारी तथा वनजंगलमा अनावश्यक रूपमा आगो नलगाउन सबैलाई सचेत रहन आग्रह गरिएको छ। आगलागी भएको थाहा पाएलगत्तै छरछिमेकसँग सहयोग माग्न तथा दमकल र प्रहरीलाई खबर गर्न पनि प्रशासनले अनुरोध गरेको छ। आगो नियन्त्रणका क्रममा बालबालिका, सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिइएको छ।

परम्परागत खेती प्रणालीअन्तर्गत पातपतिङ्गर जलाएर मल बनाउने वा किरा–फट्याङ्ग्रा मार्ने उद्देश्यले लगाइने आगोका कारण पनि ठूला आगलागीका घटना हुने गरेको प्रशासनले जनाएको छ। यसले वनको पारिस्थितिक प्रणालीमा नकारात्मक असर पार्दै मानव जीवनलाई समेत संकटमा पार्न सक्ने भएकाले यस्ता कार्य नगर्न प्रशासनले सबैलाई सचेत गराएको छ।

Previous Post

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

Next Post

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

Related Posts

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
0
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly