साउन २५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको ब्राइट फ्युचर संस्थालाई आर्थिक सहयोग जुटेको छ । विगत केहि समय देखि निः शुल्क कम्प्युटर तालिम दिदैँ आएको उक्त संस्थालाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग जुटेको हो ।
कम्प्युटर शिक्षा आजको आवश्यकता भन्दै सञ्चालन गरिएको संस्थाबाट आर्थिक अवस्था कमजोर र कम्प्युटर सिक्न इच्छुक विद्यार्थीलाई नि ः शुल्क शिक्षा प्रदान गर्दै आएको ब्राइट फ्युचर अर्गनाइजेसनका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार समाजका विपन्न समुदायको भविष्य उज्जवल होस् भन्ने उदेश्यले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ निवासी पूर्व स्वास्थ्य महानिर्देशक वरिष्ठ समाजसेवी डा. मिङमार ग्याल्जेन शेर्पाद्धारा ५० हजार रुपैया र निमा म्चेल्हिनीद्धारा संस्थाका लागि १ लाख आर्थिक प्राप्त भएको अध्यक्ष शेर्पाको भनाई छ ।
उहाँका अनुसार साउन २१ गते सोमबार देखी लागू हुने गरी १ सय जना लाई कम्प्युटर सिकाउने गरि नेविसङ्घ सोलुखुम्बु र ब्राइट फ्युचर अर्गनाइजेसन बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अव १ सय जना विद्यार्थीहरूले निःशुल्क रुपमा कम्प्युटर शिक्षाको आधारभुत तालिम प्राप्त गर्ने छन ।
Discussion about this post