भदौ १२,सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ जुभिङमा हाट बजार सुरु गरिएको छ । स्थानीय कृषि उत्पादनको बिक्री वितरण र खपत वडामै खपत गर्ने उद्स्यले बजार सुरुवात गरिएको हो । वडावासीको आर्थिक उपार्जनका साथै स्थानीय उत्पादनको बजारीकरणका लागी सहज हुने अपेक्षा सहित स्थानीय सगरमाथा महिला समुहले बजार सुरुवात गरेको वडा अध्यक्ष सज्जन राईले बताउनुभयो ।
वडाका नागरिकलाई बजार जानुपरे कि सल्लेरी या खास्ताप अथवा लुक्ला नाम्चे बाहेक अन्य विकल्प नभएको र वडामै लाग्ने हाट बजारले वडाबासीलाई सहज हुने उहाँको भनाई छ । यस्तै उक्त बजार माप्यका नागरिकलाई खुम्बु सँग जोड्ने ट्रान्जिट बजार हुने अपेक्षा समेत गरिएको छ । सल्लेरीमा शनिवार लाग्ने बजार मा उत्पादन बिक्री गर्न सकिने आइतबार माप्यको केन्द्र खास्ताप र सोमबार त्यहाँ रहेर मङ्गलबार जुभिङ बजारमा पु¥याउँदै त्यहाँबाट लुक्ला नाम्चे पु¥याउन सहज हुने अध्यक्ष राईको विश्वास छ ।
उक्त बजारले माप्यका वडा नम्बर १ ६ र ७ का नागरिक प्रत्यक्ष लाभान्वित हुने भन्दै उहाँले खुम्बु पासाङ ल्हामु गाउँपालिकाको १ नम्बर वडाका नागरिकलाई पनि सहज हुने बताउनुभयो । बजारको उद्घाटन मङ्गलबार गरिएको थियो । तत्काललाई महिला समुहले बजार व्यवस्थापनको जिम्मा लिएको भएपनि आगामी दिनमा स्थानीय सरकारले पनि यस बजारलाई व्यवस्थीत र प्रभावकारी बनाउँदै लैजाने वडा अध्यक्ष राईको भनाई छ ।
Discussion about this post