भदौ १२, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका ४ सय बढी नागरिकले राजधानी काठमाडौं मार्फत सेवा लिएका छन् । गाउँपालिकाले सञ्चालन गरेको वडा स्तरीय प्रशासनिक घुम्ति शिविरमा ४ सय ८४ जनाले सेवा लिएका हुन् ।
भदौ १० गते सुरु भई तिन दिन सम्म सञ्चालित शिविरमा वडा नम्बर १ का ६२ जना, वडा नम्बर २ का २८ जना, वडा नम्बर ३ का ८९ जना, वडा नम्बर ४ का ३७ जना र वडा नम्बर ५ का ९८ जनाले सेवा लिएको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिुनभयो ।
काठमाण्डौमा बस्दै आउनु भएका वडाका अपाङ्गता भएका अशक्त र वृद्धहरूको सहजताका लागी काठमाण्डौबाट सेवा प्रवाह गरिएको उहाँको भनाई रहेको छ । उक्त शिविर काठमाडौंको शेर्पा पार्टी प्यालेसमा सञ्चानल गरिएको थियो ।
Discussion about this post