भदौ १५, सोलुखुम्बु । झापाको भद्रपुरमा आगामी भदौ २८ गतेदेखि ३० गतेसम्म कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। भदौ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिने भनिएको प्रतियोगिता एक दिनअघि सारिएको आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालले बताए।
भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा हुने प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका उत्कृष्ट १६ ¥यांकिङका खेलाडीले भने भाग लिन पाउने छैनन्।
भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताको खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए।
दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन्। भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन्।
Discussion about this post