Saturday, July 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज हरितालिका तीज मनाइँदै, के छ धार्मिक विश्वास ?

Radio Everest by Radio Everest
September 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २१, सोलुखुम्बु । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ । आज तीजको व्रत बस्नुपर्ने भएकाले व्रतालुहरूले हिजो दर खाएका छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजलाई नेपाली नारीले मौलिक पर्वका रूपमा मनाउने गरेका छन् । हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ ।

पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको गुनासो पनि छ ।

महिनौं अघिदेखि दर खाने, गरगहना एवम् पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा स्थापित गर्न खोजेको भन्दै आलोचना हुने गरेको छ । संस्कृतिविद् डा. शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तीज मनाउने भए पनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मूलतः महिलाको पुनर्मिलनको पर्व हो ।

Previous Post

 चिशंखुगढीका अध्यक्ष र प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता 

Next Post

आज कोशी प्रदेश सहित तिन वटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

Related Posts

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
0
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
0
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
0
Next Post
आज कोशी प्रदेश सहित तिन वटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी प्रदेश सहित तिन वटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly