भदौ २१, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ मा सगरमाथा महिला कृषि समूहद्धारा आयोजित तिज विशेष कार्यक्रम सुरु भएको छ । शुक्रबार हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा चेहनी आधारभूत विद्यालयका शिक्षिका कमला निरौलाको प्रमुख आतिथ्यतामा तिज विशेष कार्यक्रम सुरु भएको हो ।
तिज विशेष कार्यक्रममा संगिनी नाच र म्युजिकल चियर प्रतियोगिता भइरहेको देवि प्रसाद घिमिरेले जानकारी दिनुभयो ।खास गरी हिन्दू नारीहरु विवाहित वा अविवाहित सबैले यो पर्वलाई मनाउने र धारण गर्न सक्छन् ।
भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पुजा र आरधाना गरी मनाईने हरितालिका तीजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ ।
Discussion about this post