माघ २६, सोलुखुम्बु । सोलुखुम्बुको एक सामुदायिक वनमा आगलागी भएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका १ स्थित जिम्बिर जडेनी सामुदायिक वन क्षेत्रमा आगलागी भएको हो । आगलागी कहाँबाट सुरु भएको भन्ने पुष्टि नभएपनि आल प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ । स्थानीय र प्रहरी हातमा बाल्टीन, गाग्री लगायत पानी बोक्ने भाँडा बर्तन लिएर जङ्गलमा लागेको आगो निभाउन पुगेका थिए । आगलागीले तत्काल बस्ती भेट्ने जोखिम नभएपनि सचेत रहनुपर्ने अवस्था रहेको जनाइएको छ । सुख्खा मौसममा आगलागी सम्बन्धी घटनाहरूको बढ्दै जाने भएकाले आगो ज्वलनशील पदार्थको प्रयोग गर्दा सावधानी अपनाउन पनि प्रहरीको आग्रह छ ।
सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम
माघ २६, सोलुखुम्बु । सोलुखुम्बुमा २१ कृषकलाई किवी फल बगैँचा सुदृढीकरण अभिमुखिकरण तालिम दिइएको छ । किवी फल लगाइएकै ठाउँमा...
Discussion about this post