माघ २८, सोलुखुम्बु । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको विशेष टोलीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गौतम लिङ्थेपलाई पक्राउ गरेको छ। सङ्खुवासभा जिल्ला अदालत चैनपुरको २०७६ असार २९ गतेको फैसला आदेशले उनलाई ८ वर्ष ११ महिना ११ दिन कैद सजाय सुनाएको थियो।
मादी नगरपालिका–८ मा लुकीछिपी बसेका उनलाई ५ वर्षपछि गाउँबाटै प्रहरीले पक्राउ गरेको हो। जबरजस्ती करणीपछि लिङ्थेप भारतमा लुकेर बसेका थिए। केही दिनअघिमात्र घर फर्केको पत्ता लगाएर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई जिल्ला अदालत चैनपुरले कैद भुक्तानीका लागि कारागार कार्यालय संखुवासभामा पठाएको छ ।
Discussion about this post