Friday, September 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गोरखा भूकम्पको १० वर्ष पूरा, जोखिम उस्तै

Radio Everest by Radio Everest
April 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १२, सोलुखुम्बु । आज वैशाख १२ गते – २०७२ वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७।८ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा परी २२ हजार तीन सय ९ घाइते भएका थिए । त्यही विनाशकारी भूकम्पको स्मृतिमा ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदैछ ।

भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित पहाडी गाउँका पाखापखेरामा भत्किएका कतिपय घरहरू अझै ठडिन सकेका छैनन् । भूकम्पका कारण भत्किएका कतिपय निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् । भूकम्पले झन्डै १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको थियो । यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक गरेको विवरणअनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार एक सय ८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार दुई सय ६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् । पहिलो किस्ता प्राप्त गर्नेमध्ये ९२ प्रतिशतले दोस्रो र दोस्रो किस्ता प्राप्त गर्ने मध्ये ८९ प्रतिशतले तेस्रो किस्ता पाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालिन प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले स्रोत र जनशक्ति एथेस्ट नहुनु र प्रक्रियागत झन्झटका कारण समयमा पुनर्निर्माणको काम गर्न कठिन भएको बताउनुहुन्छ ।

नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्र हो । २०७२ सालको भूकम्पले भूकम्प गएमा के गर्ने रु के नगर्ने विपदमा कसरी संयमता अपनाउने रु सुरक्षित हुने तरिका के हुने रु लगायत विषयमा पाठ सिकाएको खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले बताउनुभयो । तर त्यसपछि सिकेका कुरा आम नागरिकले व्यवहारमा प्रयोग गर्नु र बनाइएका ऐन नियम सरकारले कडाइका साथ कार्यान्वयन गर्नु आवश्क रहेको अधिकारी भनाइ छ ।

Previous Post

यी ठाउँमा अत्यधिक गर्मी, मौसमविद् भन्छन्- तापक्रम अझै बढ्न सक्छ ?

Next Post

अन्तरजातीय विवाह गर्ने चार जोडीलाई खोटेहाङद्वारा सम्मान

Related Posts

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

September 11, 2026
0
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
0
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
0
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
0
Next Post
अन्तरजातीय विवाह गर्ने चार जोडीलाई खोटेहाङद्वारा सम्मान

अन्तरजातीय विवाह गर्ने चार जोडीलाई खोटेहाङद्वारा सम्मान

Discussion about this post

Everest Highlights

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

September 11, 2026
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

September 11, 2026
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly