जेठ २१, सोलुखुम्बु । मिस्टर तामाङ २०२४ को प्रतिष्पर्धामा नुवाकोटका सञ्जय तामाङ पनि होमिएका छन । मम्स इन्टरनेसनल नेपालको आयोजनामा हुने प्रतियोगिता मिस्टर तामाङको उपाधि चुम्ने होड सहित उनी प्रतिष्पर्धामा होमिएका हुन ।
अहिले उनी सर्वाधिक भोटका साथ अगाडि छन भने अबको दिनमा पनि आफूलाई जिताउन उनले अपिल गरेका छन । २३ वर्षीय युवा सञ्जयलाई निर्णायकको पनि सकारात्मक प्रतिकृया पाएपछि थप हौसला बढेको सुनाउँछन् ।
नृत्य, सामाजिक कार्य का साथै खेलकुदमा समेत रुचि राख्ने सञ्जय मिस्टर तामाङको उपाधिका लागी उपयुक्त प्रतिस्पर्धी हुन सक्छन् ।
Discussion about this post