पौष ३, सोलुखुम्बु । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट सोलुखुम्बुका पूर्व रक्षामन्त्री मानवीर राई केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । राईले कुल १,६३३ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । निर्वाचन परिणाम सार्वजनिक हुनासाथ पार्टीभित्र हर्षको माहोल छाएको छ ।
कोशी प्रदेश भूगोल खुलातर्फ केन्द्रीय सदस्यका लागि भएको प्रतिस्पर्धामा सोलुखुम्बुका पूर्व रक्षामन्त्री मानवीर राई र पूर्व कोशी प्रदेश मन्त्री बुद्धिकुमार राजभण्डारीबीच प्रतिस्पर्धा भएको थियो । यस प्रतिस्पर्धाबाट राई विजयी भएसँगै सोलुखुम्बु र कोशी प्रदेशमा एमालेको संगठनात्मक उपस्थिति थप सुदृढ हुने अपेक्षा गरिएको छ । निर्वाचित राईलाई पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।











Discussion about this post