पौष ३, सोलुखुम्बु । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा एक जना विज्ञान विषयका शिक्षक मृत अवस्थामा फेला परेका छन्। चिशंखुगढी गाउँपालिका–७ र नेचासल्यान गाउँपालिका–५ को सिमानामा रहेको गणेशथान माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका अन्दाजी ५६ वर्षीय राजेश्वरप्रसाद साह आफ्नै कोठामा मृत भेटिनुभएको हो।
सिराहा स्थायी घर भएका साह चिशंखुगढी–७ गैरीमा भाडामा बस्दै आउनुभएको थियो। घटनाबारे जानकारी पाउनासाथ प्रहरीले टोली परिचालन गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।










Discussion about this post