पौष ४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका ४ स्थित ककनिश्वर माध्यमिक विद्यालयको साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा तहगत रुपमा सदन स्तरीय कार्यक्रम सम्पन्न गरेको हो ।
प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) म्यिुजीकल बुक रेस, निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) निबन्ध लेखन र माध्यमिक तह (कक्षा ९ देखि १२ सम्म) एकल गायन प्रतियोगिता संचालन गरिएको विद्यालयले जनाएको छ । उक्त प्रतियोगिताहरुमा म्यिुजीकल बुक रेस तर्फ गोदावरी सदनका सुसन लगुन प्रथम, सूर्यमुखी सदनका रोशन श्रेष्ठ द्वितीय र कमल सदनका केशव नारायण श्रेष्ठ तृतीय भएका छन् । यस्तै निबन्ध लेखन प्रतियोगिता तर्फ सूर्यमुखी सदनका दीप नारायण श्रेष्ठ प्रथम, लालीगुराँस सदनका रन्जित कुमार पराजुली द्वितीय र सयपत्री सदनका देविका श्रेष्ठ तृतीय भएकी छिन् ।
एकल गायन प्रतियोगिता तर्फ लालीगुराँस सदनका दबिता राई प्रथम, सयपत्री सदनका डिकेन्द्र भुजेल द्वितीय र कमल सदनका चेतना मगर तृतीय भएको विद्यालयका शिक्षक मनोज कुमार राउतले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको राउतले बताउनुभयो । पुरस्कार बितरण सङै बिद्यालयका प्रधानाध्यापक श्रीकान्त पण्डितले सम्पूर्ण प्रतियोगी विद्यार्थीलाई बधाईका साथै थप सफलताको शुभकामना व्यक्त गर्नुभएको जनाइएको छ ।











Discussion about this post