पौष ५, सोलुखुम्बु । उदयपुरमा दाजुले धारिलो हतियार प्रयोग गरेर आफ्नै भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका–१, जोगिदह हाटखोलाका ४३ वर्षीय युवराज राईले भाइ ३० वर्षीय धर्मराज राईलाई शनिबार बिहान २ः०० बजे खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
दाजुले आमालाई कुटपिट गरेको विषयमा आपसमा भएको विवाद पछी भाइमाथि युवराजले खुकुरी प्रहार गरि गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा निजको शनिबार बिहान २ः५० बजे अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनापछि फरार युवराजको प्रहरीले खोजी कार्य जारी राखेको तथा मृतकको सव पोस्टमार्टमका लागि अस्पतालको सव गृहमा राखिएको छ । घटनका विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाइले बताउनु भयो ।











Discussion about this post