पौष ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङमा ५११ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । वडा कार्यालयको समन्वयमा शुक्रबार र शनिबार सञ्चालन गरिएको शिविरमार्फत स्थानीय नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।
उक्त वितरण कार्य सोलुदुधकुण्ड नगरपालिकाको पञ्जीकरण विभागका प्रदीप शाक्य तथा जिल्ला प्रशासन कार्यालयका हेमकला राईको सहजीकरणमा सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष होम बहादुर मगरले शिविर सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै नागरिकलाई सेवा लिन सहज बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।











Discussion about this post