पौष ५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टीको एकता भेला शनिबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित भेलामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता भएको घोषणा गरिएको छ ।
भेलालाई पार्टी नेता हेम कुमार राई (सुरविर) ले सम्बोधन गर्दै युवाले उठाएका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने र वर्तमान अवस्थामा निर्वाचन अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। यस्तै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकका समस्या र समाधानसहित जनतामाझ जानु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राम किरण राईको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी नेता, भातृ संगठनका प्रतिनिधि, महिला तथा निर्वाचित जनप्रतिनिधिको सहभागिता रहेको थियो। हेडलाइन लेख











Discussion about this post