पौष ५, सोलुखुम्बु । भोजपुरको सालपा सिलिछो गाउँपालिका–२ स्थित चर्चित पर्यटकीय गन्तव्य गोरुकाटे गुराँसे क्षेत्रमा स्थानीयवासीको सक्रिय सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको छ। पर्यटन प्रवर्द्धनसँगै प्राकृतिक सौन्दर्यको संरक्षण गर्ने उद्देश्यले गरिएको उक्त अभियानमा स्थानीय युवायुवती, आमा समूह तथा समुदायका विभिन्न व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
स्थानीयस्तरमै पर्यटकीय स्थलको सरसफाइ र संरक्षणमा चासो बढ्दै जानुले गोरुकाटे गुराँसेलाई स्वच्छ, आकर्षक र पर्यटकमैत्री गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयहरूले पर्यटकलाई स्वच्छ वातावरणमा स्वागत गर्न निरन्तर सरसफाइ अभियानलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।











Discussion about this post