पौष ५, सोलुखुम्बु । शहीद कुसुम स्मृति प्रतिष्ठानको १० औँ साधारण सभा आज प्रतिष्ठानको आफ्नै सभाहलमा सम्पन्न भएको छ । साधारण सभामा प्रतिष्ठानले विगतका गतिविधि, कार्यक्रम तथा आर्थिक प्रगतिको समीक्षा गर्दै आगामी कार्यदिशा र योजनामाथि छलफल गरेको छ ।
सभामा वक्ताहरूले शहीद कुसुमको योगदान र बलिदानको स्मरण गर्दै प्रतिष्ठानले शिक्षा, सामाजिक चेतना र शहीद परिवारको हितमा गर्दै आएका कार्यहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका छन् ।
साथै, संस्थागत सुशासन, पारदर्शिता र दिगोपनामा जोड दिइएको छ । साधारण सभाले आगामी वर्ष सञ्चालन गरिने कार्यक्रमहरू अनुमोदन गर्नुका साथै आवश्यक निर्णयहरू समेत पारित गरेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।











Discussion about this post