पौष ५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ का ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण गरिएको छ। शनिबार जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा जेष्ठ नागरिक लक्षित स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत औषधि वितरण गरिएको हो।
जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी केशव ढुंगानाका अनुसार कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रम अन्तर्गत उक्त सेवा प्रदान गरिएको हो। कार्यक्रममा जेष्ठ नागरिकहरुलाई आयुर्वेदिक उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण गरिएको जनाइएको छ।
कार्यक्रममार्फत जेष्ठ नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, नियमित स्वास्थ्य जाँचप्रति सचेत गराउने तथा आयुर्वेदिक उपचारको पहुँच बढाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। स्थानीय जेष्ठ नागरिकहरुले निःशुल्क उपचार तथा औषधि पाउँदा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न माग गरेका छन्।










Discussion about this post