पौष ६, सोलुखुम्बु । आज ‘विश्व ध्यान दिवस’ मनाईंदैछ । ‘आन्तरिक शान्तिले विश्वव्यापी सद्भाव ल्याउँछ’ नाराका साथ यस वर्षको ‘विश्व ध्यान दिवस’ मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरे अनुसार नेपालमा पनि ध्यान दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।
गएको वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।










Discussion about this post