पौष ६, सोलुखुम्बु । ट्राफिक प्रहरी कार्यालय सोलखुम्बुले पाँच महिनामा ५ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा विभिन्न ट्राफिक नियम उल्लङ्घनका आधारमा कारबाही गर्दै ५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
निमित्त कार्यालय प्रमुख प्रहरी सहायक हवल्दार चन्द्र बहादुर बस्नेतका अनुसार साउन महिनामा १ सय ५ सवारी साधन कारवाहिबाट १ लाख २६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै भदौ महिनामा १ सय २ सवारीसाधन कारवाहिबाट १ लाख ९ हजार रुपैयाँ, असोज महिनामा ५६ वटा सवारीसाधन कारवाहिबाट ६१ हजार ५ सय रुपैयाँ र कार्तिक महिनामा ९७ सवारीसाधन कारवाहिबाट १ लाख १८ हजार ५ सय रुपैयाँ संकलन गरेको हो । 
यस्तै मंसिर महिनामा ९८ सवारीसाधन कारवाहिबाट १ लाख १४ हजार ५ सय संकलन भएको छ । यस पाँच महिनाको अवधिमा कुल ४ सय ५८ वटा सवारिसाधन कारवाहिमा परेका छन् । बस्नेतका अनुसार पाँच महिनाको अवधिमा सबैभन्दा धेरै कारबाही कार तथा जिपतर्फ भएको देखिएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन, कागजात नबोकी सवारी चलाउने, ओभरलोड, तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने चालकहरूलाई कारबाही गरिएको हो। साथै, ट्राफिक प्रहरीले सबै सवारी चालकलाई सवारी नियम पालना गर्न, र यो समय हिउँ तथा टुसारोका कारण सडक चिप्लिने सम्भावना बढी हुने भएकाले सुरक्षित रूपमा सवारी चलाउन आग्रह समेत गरेको छ ।











Discussion about this post