Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

Radio Everest by Radio Everest
December 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लामा सञ्चालित संवाद केन्द्रले किशोरकिशोरीमा सकारात्मक परिवर्तन ल्याएको पाइएको छ । संवाद केन्द्र सञ्चालनमा आएपछि किशोरकिशोरीहरू जनप्रतिनिधि तथा सरोकारवालासँग आफ्ना समस्या र विचार खुलेर राख्न सक्ने भएको बताएका छन् ।

आइतबार साहस नेपाल सोलुखुम्बुको आयोजनामा आयोजित संवाद कार्यक्रममा किशोरीहरूले आत्मविश्वास बढेको र खुलेर बोल्न सक्ने क्षमता विकास भएको अनुभव सुनाएका थिए । उनीहरूले अहिलेका किशोरकिशोरी नै भविष्यका कर्णधार भएकाले देशमै केही गर्ने अठोट लिएको समेत बताएका छन् ।

कार्यक्रममा सहभागी अभिभावकहरूले आफू किशोरकिशोरी हुँदा यस्ता अवसर नपाए पनि आफ्ना बालबालिकालाई खुलेर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले आफू पनि यही उमेर पार गर्दै आएको उल्लेख गर्दै संवाद केन्द्र कार्यक्रमले किशोरकिशोरीलाई ठूलो मद्दत पुग्ने बताउनुभयो ।

उहाँले साहस नेपालको कामको खुलेर प्रशंसा गर्नुभयो । नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले कार्यक्रमको प्रशंसा गर्दै आफ्नो वडामा समेत यस्ता कार्यक्रम आवश्यक रहेको औँल्याउनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले किशोरकिशोरीलाई आफ्नै देशमा काम गरेर भविष्य बनाउन सल्लाह दिँदै अभिभावकहरूलाई अनावश्यक दबाब नदिन आग्रह गर्नुभयो ।

वडा नम्बर ११ का वडा अध्यक्ष टंक बहादुर कार्कीले किशोरकिशोरीको उज्ज्वल भविष्यका लागि वडा सधैँ कटिबद्ध रहने बताउनुभयो । गैरसरकारी संस्था महासंघ सोलुखुम्बुका अध्यक्ष दीपक राजभण्डारीले संवाद कार्यक्रममा किशोरहरूको सहभागिता न्यून रहेको भन्दै आगामी दिनमा समावेशी सहभागितामा ध्यान दिन आग्रह गर्नुभयो ।

साहस नेपालअन्तर्गत सञ्चालन भइरहेको परियोजनाका प्रमुख चुडामणि पहाडीले उक्त परियोजनाअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष भलाकाजी कार्की, नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रीता ढुंगाना, साहस नेपालका प्रतिनिधि, वडाका किशोरी, अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Previous Post

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

Next Post

निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

Related Posts

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly