पौष ६, सोलुखुम्बु । निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन हुनुभएको छ । आइतबार सम्पन्न संघको अधिवेशनबाट थापा अध्यक्षमा चयन हुनुभएको हो । अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्दै उपाध्यक्षमा बुद्धि मगर र सचिवमा मित्र विकास श्रेष्ठलाई चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक मर्यादा र जिल्लाको पूर्वाधार विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।










Discussion about this post