Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

Radio Everest by Radio Everest
December 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइएको छ । सोमबार “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा आप्रवासी स्रोत केन्द्र सोलुखुम्बुको आयोजनामा अन्तरक्रियात्मक तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता सलिना लामिछानेले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै जिल्लामा सफल व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू युवाहरूका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।

उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले परिश्रम गर्न सक्ने हो भने नेपालमै पनि प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर सोलुखुम्बुमा व्यवसाय गर्दै आएका चार जना व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा रामकुमार श्रेष्ठ, दिपेश श्रेष्ठ, रूपसिं तामाङ र रविन तामाङ रहेका छन् । अन्तरक्रियात्मक कार्यक्रममा उनीहरूले विदेशमा भोगेका दुःख, संघर्ष र अनुभवहरू खुला रूपमा साझा गरेका थिए ।

आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सोलु मार्फत वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई गन्तव्य मुलुकको भाषा, आवश्यक सीप तथा तालिमसम्बन्धी जानकारी प्रदान गरिँदै आएको परामर्शकर्ता लामिछानेले बताउनुभयो । साथै, वैदेशिक रोजगारीसम्बन्धी अन्योलमा परेका नागरिकलाई प्रभावकारी र पारदर्शी सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ । आप्रवासी स्रोत केन्द्रले विदेशमा अलपत्र परेका तथा विदेशमै मृत्यु भएका व्यक्तिहरूलाई नेपाल ल्याउन सहयोग गरिरहेको छ ।

Previous Post

निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

Next Post

आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

Related Posts

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
0
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
0
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
0
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026
0
Next Post
आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

Discussion about this post

Everest Highlights

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly