पौष ८, सोलुखुम्बु । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले पार्टिको आगामि महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्ने बताउनुभएको छ । शेर्पाले सोमबार एक कार्यक्रममा पार्टिको १५ औ महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्ने बताउनुभएको हो ।
पदाधिकारीको उम्मेदवार बन्ने बताए पनि शेर्पाले कुन पदाधिकारि लड्ने भन्नेबारे भने खुलाउनुभएको छैन् । पदाधिकारीको उम्मेदवार बन्ने शेर्पाको घोषणालाई कांग्रेस भित्र स्वभाविक दाबेदारिको रुपमा हेरिएको छ ।
पछिललो समय निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्छ भनेर उहाँले सार्बजनिक माध्यमबाट पटक पटक व्यक्त गरेको विचारले पदाधिकारीको उम्मेदवार बन्ने शेर्पाको दाबिलाई बल पुर्याएको कांग्रेसका नेता कार्यकर्ताहरुले बताउने गरेका छन् । शेर्पा कांग्रेस भित्र वैचारिक र स्वच्छ छविको नेताका रुपमा समेत चिनिन्छन् ।











Discussion about this post