कार्तिक १४, सोलुखुम्बु । सुनसरी र झापाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्तिक १३ गते सुनसरीको कोशी गाउँपालिका–१ बाट दुई जना र झापाको झापा गाउँपालिका–५ बाट दुई जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ मा पैदल हिँडिरहेका दुहबी नगरपालिका–३ का दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का बलबहादुर थापालाई २ ग्राम १७ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी, झापा गाउँपालिका–५ बाट प्रहरी चौकी शरणामतिले बाह्रदशी गाउँपालिका–२ का खड्ग राजवंशी र बाह्रदशी गाउँपालिका–१ का चैतन हेमरमलाई १ ग्राम ९५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











Discussion about this post