कार्तिक १४, सोलुखुम्बु । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवीका निवर्तमान वडाध्यक्ष कमलबहादुर बानियाँ जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन्। नाबालिग किशोरीले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बरुणेश्वरको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ परेका बानियाँलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइनेछ। बानियाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भई मोलुङ गाउँपालिका–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए। गत फागुनमा सम्पन्न संघीय निर्वाचनका क्रममा दल त्याग गरेपछि नेकपा एमालेको अनुरोधमा निर्वाचन आयोगले उनलाई वडाध्यक्ष पदबाट निलम्बन गरेको थियो। उनीमाथि लागेको आरोप पुष्टि हुन भने बाँकी छ।










Discussion about this post