Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

Radio Everest by Radio Everest
October 31, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १४, सोलुखुम्बु ।  सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार खाद्य महोत्सव आयोजना गरिएको छ । स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, प्राङ्गारिक खेतीप्रति प्रोत्साहन तथा किसानले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

हसेरको प्राविधिक सहयोग तथा एफआइएआर, ओसिरिस, शोक फामिलियन स्टिफ्टुङ, सोलिकन इट, सोरप्टिमिस्ट इन्टरनेसनल, टुलबक्सलगायत विभिन्न संघसंस्थाको सहकार्यमा महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा कृषकले आफूले सिकेको सीप र प्रविधिको प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूल प्रदर्शन गर्नुका साथै बिक्रीसमेत गरेका थिए । महोत्सवमा सहभागीलाई प्राङ्गारिक खाद्य परिकारको स्वाद चखाइएको थियो। कार्यक्रममा किसानले कृषि तथा महिला सशक्तीकरणका क्षेत्रमा सहयोग पुर्याउने संघसंस्थाप्रति आभार व्यक्त गरेका थिए। सहयोगी संस्थाहरूले सोलुदुधकुण्ड नगरपालिकाका घुन्सा, कुनिखोप, मेराङ्दिन र च्याङ्सारमा प्राङ्गारिक कृषि तालिम सञ्चालन, जग्गा खरिद तथा सहकारी भवन निर्माण, कक्षा ११ र १२ मा छात्रवृत्ति, विश्वविद्यालय अध्ययनका लागि छात्रवृत्तिको सुरुवात, घुम्ती कोष स्थापना तथा बालिका क्लब गठनलगायतका काममा सहयोग गरेका छन् ।

महोत्सवमा नमराज सिलवालले सोलुखुम्बुमा बितेका १० वर्ष किसान, महिला तथा अभियानमा आबद्ध सबैका लागि विशेष यात्राका रूपमा रहेको बताउनुभयो । छरिएर रहेका किसान समूह, अनौपचारिक भेटघाट र महिला सशक्तीकरणको सपनाबाट सुरु भएको अभियान क्रमशः उपलब्धिमूलक बन्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार चार गाउँमा स्थापना भएका चार सहकारी सेवा केन्द्र यस यात्राका उपलब्धिका प्रतीक बनेका छन्। सहकारीमार्फत महिलाले कृषि, प्राङ्गारिक प्रमाणीकरण, सिलाइ तथा सहकारी व्यवस्थापनजस्ता क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गरेका छन् ।

कुनै समय बैठकमा बोल्न हिच्किचाउने र आफ्ना विचारलाई महत्त्वपूर्ण नठान्ने महिलाहरू अहिले सहकारीको नेतृत्व गर्नुका साथै अरूलाई तालिम दिन र थप महिलालाई अघि बढ्न प्रेरित गर्न सक्षम भएका छन् । सहकारीहरू सामुदायिक समन्वय, योजना निर्माण तथा आर्थिक विकासका आधारसमेत बनेको उहाँले बताउनुभयो। सिलवालका अनुसार महिलाहरूको सामूहिक बचत २१ लाख रुपैयाँभन्दा बढी पुगेको छ भने घुम्ती कोषमार्फत १० लाख रुपैयाँभन्दा बढी रकम परिचालन गरिएको छ ।

किसानले उक्त कोषको उपयोग कृषि व्यवसाय विस्तार, उत्पादन वृद्धि तथा आम्दानीका नयाँ अवसर सिर्जना गर्न गर्दै आएका छन् । महोत्सवमा सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धिमाया तामाङ, वडा नम्बर ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पालगायतको उपस्थिति रहेको थियो ।

Previous Post

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

Next Post

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

Related Posts

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
0
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
0
Next Post
जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

Discussion about this post

Everest Highlights

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly