Monday, May 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

Radio Everest by Radio Everest
December 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ८, सोलुखुम्बु । सोलुखुम्बुको दोर्पु बजार नजिकै बस्दै आएकी दोमी शेर्पाको दैनिकी अरूभन्दा फरक छैन । बिहानै उठेर खेतबारीमा पसिना बगाउने, सागसब्जी उत्पादन गर्ने र शनिबार लाग्ने नयाँ बजारको हाटमा पुगेर आफ्ना उत्पादन बेच्ने—यही नै उनको जीवनको नियमित क्रम हो । तर यही साधारण देखिने जीवनभित्र असाधारण संघर्ष र मेहनत लुकेको छ ।

एक छोरा र दुई छोरीकी आमा दोमी शेर्पाले आफ्ना सन्तानलाई यही सागसब्जीको व्यापारबाट हुर्काइन्, बढाइन् र पढाइन् । आर्थिक अभाव, ग्रामीण जीवनका चुनौती र श्रमको कठोरताबीच पनि उनले कहिल्यै हार मानिनन्। खेतिपातीलाई नै आधार बनाएर परिवारको जीविकोपार्जन गर्दै आएकी उनको संघर्षको कथा सुन्दा जो–कोहीको आँखामा आँसु आउन सक्छ ।

उनै मेहनती महिला किसान दोमी शेर्पालाई आज नेपाल विकासका लागि ज्ञानेश्वर फाउन्डेशनले सम्मान गरेको छ। फाउन्डेशनले ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’ घोषणा गर्दै शेर्पालाई नगद १ लाख २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो । सम्मान कार्यक्रममा फाउन्डेशनका अध्यक्ष ज्ञानेश्वर भट्टराईले कृषि उद्यममार्फत आत्मनिर्भर जीवन बिताइरहेका किसानहरूको मेहनतको कदर गर्नु नै फाउन्डेशनको उद्देश्य रहेको बताउनुभयो। उहाँले आफ्नै व्यक्तिगत लगानीमा अक्षयकोष स्थापना गरी देशका विभिन्न उद्यमशील किसानहरूलाई नगदसहित सम्मान गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख दुर्गा बहादुर तिरुवाले सच्चा महिला किसानको मूल्याङ्कन गर्दै सहयोग गरेकोमा ज्ञानेश्वर फाउन्डेशनलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्तो सम्मानले ग्रामीण क्षेत्रमा कृषि पेशामा संलग्न किसानहरूलाई थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मानित भएपछि दोमी शेर्पाले खुशी व्यक्त गर्दै फाउन्डेशन र कृषि ज्ञान केन्द्रप्रति आभार प्रकट गर्नुभयो। आफ्नो मेहनतको कदर भएकोमा गर्व लागेको बताउँदै उहाँले आगामी दिनमा अझै मेहनत गरेर कृषि पेशालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त प्रकट गर्नुभयो। ग्रामीण भेगमा पसिनाको मूल्य अझै कम आँकिँदै आएको अवस्थामा दोमी शेर्पाजस्ता महिला किसानलाई गरिएको यो सम्मानले कृषि पेशाको गरिमा बढाउनुका साथै अन्य किसानहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।

Previous Post

आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

Next Post

खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

Related Posts

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
0
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
0
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026
0
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
0
Next Post
खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly