फागुन १९, सोलुखुम्बु । सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री पुगेका छन् । फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाभर रहेका १२४ मतदान स्थल र १३९ मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्रीसहित मतदान अधिकृतको टोली पुगिसकेको छ ।
जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका अनुसार सबै केन्द्रमा तयारीका काम तीव्र गतिमा अघि बढिरहेको छ । निर्वाचन अधिकृत दिपेन्द्रराज अधिकारीका अनुसार अधिकांश मतदान केन्द्रमा आवश्यक व्यवस्थापन, मतदान कक्षको तयारी, मतदान पेटिका तथा अन्य सामग्रीको सुरक्षा जाँच, मतदाता नामावली मिलान र सुरक्षा व्यवस्थाको समन्वय सुरु भइसकेको छ।
जिल्लामा खटिएका ८२० जना कर्मचारीले मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी गरिरहेका छन् । यस निर्वाचनमा जिल्लाभरका ८५ हजार ५१५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने तयारीमा रहेका छन् ।










Discussion about this post