फागुन २१, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। गाउँपालिकामा साँझ ५ बजेसम्म कुल ४ हजार ३५ मत खसेको जानकारी प्राप्त भएको छ। गाउँपालिकामा जम्मा १० हजार १ सय ४४ जना मतदाता रहेकोमा अपेक्षाकृत कम मत खसेको जनाइएको छ।
गाउँपालिकामा ५ वटा वडा रहेको छ भने मतदानका लागि ५ वटा मतदान स्थल र १२ वटा मतदान केन्द्र तोकिएका थिए। सहकर्मी ठविन्द्र मगरका अनुसार साँझ ५ बजेसम्म ४ हजार ३५ मत मात्र खसेको हो। कतिपय मतदाता वैदेशिक रोजगारीका कारण बाहिर रहेका तथा केही मतदाता मतदानमा सहभागी नभएकाले अपेक्षाभन्दा कम मत खसेको बताइएको छ।
यद्यपि, ताप्ली गाउँपालिकामा मतदान प्रक्रिया भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। निर्वाचनका क्रममा कुनै अप्रिय घटना नभएको स्थानीय प्रशासनले जनाएको छ।











Discussion about this post