फागुन २२, सोलुखुम्बु । ओखलढुगां जिल्लाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याईसकिएको छ । ५९ हजार ७९ मत खसेकोमा विहान सम्म सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याईएको जिल्ला प्रहरी प्रमुख डिएसपि मदन केसीले जानकारी दिए । जम्मा मतदाता १ लाख २२ हजार ७ सय १५ रहेको जिल्लामा ४८ प्रतिशत मत खसेको हो । मतगणनाको लागि विहान १० बजेका लागि सर्वदलिय बैठक डाकिएको छ । सर्वदलिय बैठक पछि गणनाको समय तय हुने छ ।










Discussion about this post