फागुन २७, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । राजेन्द्र थापाको जाहेरीका आधारमा नेपाल सरकार वादी र सोलुखुम्बुको सोताङ गाउँपालिका–१ का ४८ वर्षीय लाकुविर राई प्रतिवादी रहेको वैदेशिक रोजगार कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरण विभागले २०७२ जेठ १० गते फैसला सुनाएको थियो ।
उक्त फैसलाअनुसार राईलाई एक वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फैसला कार्यान्वयन नगरी फरार रहेका राईलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय सोताङ, सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले फागुन २६ गते सोताङ गाउँपालिका–५ शिवटार बजारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई फागुन २७ गते कैद तथा जरिवाना भुक्तानका लागि सोलुखुम्बु जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको आदेशपछि उनलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि कारागार कार्यालय सोलुखुम्बु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो ।










Discussion about this post