फागनु २८, सोलुखुम्बु । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावमा नेकपा एमालेकी उम्मेद्वार कल्पना राईले आफ्नो चुनावी खर्च पेश गर्नुभएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुमा राईले पेश गरेको चुनावी खर्च १९ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
मतदाता नामावली प्राप्त तथा प्रिन्टमा ८२ हजार, सवारी साधन खर्च ४ लाख ५० हजार, प्रचार सामाग्रीमा १ लाख ५० हजार, गोष्ठी तथा अन्तकृया कार्यक्रममा २ लाख, छापा एवं विद्युतिय माध्यममा २ लाख ५० हजार, कार्यालय संचालनक लागि १ लाख, प्रतिनिधि परिचालन तथा बुथ खर्च ५ लाख ५० हजार र अन्य प्रयोजनका लागि १ लाख ५० हजार गरी १९ लाख ३२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
यसैगरी अरू केही उम्मेदवारले पनि आफ्नो चुनावी खर्च बुझाइसकेको जिल्ला निर्वाचन अधिकारी दिपेन्द्रराज अधिकारीले बताउनुभयो ।











Discussion about this post