Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

Radio Everest by Radio Everest
March 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । खोटाङको रावाबेसीँ गाउँपालिका वडा नम्बर २ खार्पा रुभुङका मखमल नेपालीले ५७ वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । लामो समयदेखि नागरिकता विहिन जीवन बिताउँदै आएका उनलाई स्थानीय समाजसेवीको पहल र वडाको सहजिकरणमा नागरिकता उपलब्ध गराइएको हो । २०२५ साल कार्तिक ७ गते जन्मिएका मखमल नेपाली बुवा मनबहादुर सार्की र आमा गोपीमाया सार्कीको कोखबाट जन्मिएका हुन् । जीवनभर विभिन्न दुःखकष्ट झेल्दै आएका मखमलका अहिले नजिकका आफन्त प्रायः छैनन् । करिब तीन वर्षअघि श्रीमतीको मृत्यु भयो भने जेठा छोरालाई पनि उनले गुमाएका छन् । त्यसपछि उनी झन् एक्लिएका छन् । नागरिकता नभएकै कारण राज्यका धेरै सेवा सुविधाबाट वञ्चित हुँदै आएका मखमललाई अन्ततः २०८२ फाल्गुन २८ गते जिल्ला प्रशासन कार्यालय खोटाङ दिक्तेलबाट नागरिकता प्राप्त भएको छ । रावाबेसीँ गाउँपालिका–२ का वडाध्यक्षको सहजिकरण तथा गाउँका समाजसेवी पुष्पराज राईको अगुवाइमा जिल्लै पुगेर नागरिकताका लागि पहलकदमीगरि नागरिकता बनाइदिएको हो । नागरिकता पाएपछि मखमल निकै खुशी देखिन्छन् । लामो समयको प्रतीक्षापछि आफ्नो पहिचानको नागरिकता हातमा परेपछि उनी भित्रैदेखि दंग देखिएका छन् । अहिले भने उनको स्वास्थ्य अवस्था पनि कमजोर छ । करिब एक वर्षअघि प्रेसरका कारण उनी एक्लै हिँडडुल गर्न सक्दैनन् र अरूको सहारा लिनु पर्ने अवस्था छ । हाल मखमल आफ्नै घरबार समेत नभएपछि भतिजा गोपाल नेपालीको घरमा बस्दै आएका छन् । मखमल भन्छन् यत्रो उमेरसम्म नागरिकता थिएन । धेरै ठाउँ धेरै पटक धाएँ तर बनेन । आज नागरिकता पाउँदा धेरै खुशी लागेको छ , सबैलाई धन्यवाद ।

मखमल सार्की लामो समयदेखि नागरिकता विहिन हुनुहुन्थ्यो । आवश्यक कागजात जुटाएर जिल्लासम्म ल्याई नागरिकता बनाउने पहल गरिएको र नागरिकले आफ्नो अधिकार पाउनु पर्छ भन्ने उद्देश्यले सहजिकरण गरेको वडाध्यक्ष डोलराज बस्नेतको भनाई छ ।

मखमलको अवस्था निकै पीडादायी बनेको थियो । परिवार पनि छैन, स्वास्थ्य पनि कमजोर छ । त्यसैले उहाँलाई नागरिकता बनाइदिन पहल गरेका हौँ । राज्यबाट पाउने सेवा सुविधामा उहाँको पहुँच होस् भन्ने उद्देश्यले यो काम गरिएको समाजसेवी पुष्पराज राईको भनाई छ ।

नागरिकता केवल एउटा कागज मात्र होइन, नागरिकको पहिचान र अधिकारको आधार हो । मखमल नेपालीले ५७ वर्षपछि पाएर खुशी भए पनि अझै पनि दुर्गम गाउँका कतिपय नागरिक यस्तो अधिकारबाट वञ्चित रहेको वास्तविकता यस घटनाले उजागर गरेको छ । स्थानीय तह र समाजका सचेत व्यक्तिहरूको पहलले यस्ता समस्याको समाधान सम्भव हुने देखिएको छ ।

Previous Post

सोलुखुम्बुमा वृद्धा बेपत्ता, तीन दिनदेखि खोजी जारी

Next Post

सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
0
Next Post
सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

Discussion about this post

Everest Highlights

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly