फागुन २८, सोलुखुम्बु । खोटाङको रावाबेसीँ गाउँपालिका–२ खार्पा रुभुङका ५७ वर्षीय मखमल नेपालीले लामो प्रतीक्षापछि पहिलो पटक नेपाली नागरिकता प्राप्त गरेका छन्। २०२५ साल कार्तिक ७ गते जन्मिएका मखमल नागरिकता अभावकै कारण वर्षौँ राज्यका सेवा–सुविधाबाट वञ्चित हुँदै आएका थिए।
स्थानीय समाजसेवी पुष्पराज राईको पहल र वडाध्यक्ष डोलराज बस्नेतको सहजिकरणमा उनलाई जिल्ला प्रशासन कार्यालय खोटाङ, दिक्तेलबाट २०८२ चैत २८ गते नागरिकता दिलाइएको हो।
श्रीमती र जेठा छोराको निधनपछि एक्लिएका मखमल हाल भतिजाको घरमा बस्दै आएका छन् र स्वास्थ्य अवस्था पनि कमजोर छ। नागरिकता पाएपछि उनले खुसी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। स्थानीय तह र समाजको पहलले नागरिकको अधिकार सुनिश्चित गर्न सकिने उदाहरण यो घटना बनेको छ।










Discussion about this post